काठमाण्डौं । उपप्रधानमन्त्री एबम शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मौजुदा कर्मचारीलाई स्थानिय तहमा ब्यवस्थापन गर्दा एक तह बढुवा गरिने वताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिबसमा “कर्मचारी “ नामक पुस्तक बिमोचन गर्दै श्रेष्ठले स्थानिय तहमा कर्मचारी समायोजन गर्दा एक तह बढुवा गरिने कुरामा बिश्वस्त हुन अनुरोध गर्दै न्युनतम योग्यता पुगेका कर्मचारी स्थानिय तहमा बिना बढुवा जानू पर्दैन भन्नू भयो ।

श्रेष्ठले युनियनको सदैब प्रकाशन हुने कर्मचारी पुस्तकले सेवा प्रभाह र शुसासनमा टेवा पुग्ने र कर्मचारीको बृतिबिकासमा समेत सहयोगी हुने बताउनु भएको थियो ।

उक्त मुल समारोहमा नेपाल निजामती कर्मचारी युनियनका पुर्ब कोषाध्यक्ष नबल बहादुर मल्ललाई स्थानीय तहको निर्बाचनमा प्रधानमन्त्री शेरवहादुर देउवाको गाउँ पालिकामा निर्बाचित भै नेतृत्व सम्हालेकोमा सम्मान गरिएको थियो ।
समारोहको अध्यक्षता केन्द्रिय अध्यक्ष सुबोध कुमार देबकोटाले गर्नु भएको थियो ।

सभालाइ सम्बोधन गर्दै अध्यक्ष देबकोटाले आफू अबको निर्वाचन आचारसंहिता हटे पश्चात युनियनको अधिबेशन गर्ने बताउदै सबै युनियनका कर्मचारीले अधिबेशनबाटै नया नेतृत्व पाउनेमा ढुक्क हुन जोड दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here