काठमाण्डौ, १ असोज- काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महरालाई चयन गरिएको छ ।
सौन्दर्य ब्यवसायमा कृयाशिल महराले यो अवसरलाई ब्यवसायीक यात्राको क्रममा आफुले हासिल गरेको राजनीतिक फड्कोको रुपमा विश्लेशण गरेकी छन्। नयाँ जिम्मेवारीबाट उत्साही देखिएकी महराले भनेकी छन- ‘म हर सम्भव आफ्नो तवरबाट यो जिम्मेवारीलाई पूर्णत: निस्पक्ष रुपमा पुरा गर्नेछु’ ।

‘व्यवसायिक रुपमा आफुले हाँसिल गरेको सफलताले आज यो स्थानमा पुर्याएको हो’ महराको भनाई छ । उनी एक दसक अगाडी देखी सौन्दर्य व्यवसायमा सकृय रहदै आएकी छन्।काठमाडौं मलमा कोर्पोरेट अफिस रहेको महराद्वारा सन्चालित फेसियल हाउसले उपत्यका स्थित काठमाडौं मल, सिटीसि मल, बागबजार प्लाजा तथा चावहिल गणेशस्थान र देशका प्रमुख शहर पोखरा एबम् काकरभिट्टाबाट सेवाप्रवाह गर्दै अाइरहेको छ ।
महरा महिला उधेमीहरु मध्ये छोटो समयमा सफलता प्राप्त गर्नेको पंक्तिमा पर्छिन । महराको मृदु बोलीवचन, नुतन कार्यशैली, बिषयगत ज्ञान र ब्यवसाय प्रतीको लगाव बेजोडको रहेको छ ।

देशमा सफल महिला उधेमीहरुको संख्या नगन्य मात्रा रहेको बेला महराले उद्योग वाणिज्य संघको राजनीतिमा पदार्पण गरेकी छिन् । अझ यसमा पनि दिनेश श्रेष्ठ नेत्रित्वमा गठित काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा चयन हुनुले पनि बिशेष महत्व राख्दछ । विगतमा नेपाल च्याम्बरले सम्हाल्दै आएको जिम्वेवारीलाई यस संघले उठाउने हुँदा काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षको भूमिकालाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here