नुवाकोट, २८ पौष- नुवाकोटको पञ्चकन्या गाउँ पालिका ०३ स्थित कात्तिकेमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर संचालनमा आउने भएको छ । उक्त शिविर अनुशाशित सामाजिक उधेमी महिला सहकारी संस्थाको आयोजना र युवा समाजसेवी रुजन थापाको ब्यवस्थापन सहयोगमा संचालनमा आउन लागेको हो ।

शिवरमा होल बडी चेकअप गरिने आयोजक संस्थाका अध्यक्ष मनिका थापाले जनाईन ।

शिविर संचालनार्थ गोङबु स्थित ग्रीन सिटी अस्पतालले एम्बुलेन्स उपलब्ध गराउन लागेको र सहकारी संस्थालाई छिट्टै नै एम्बुलेन्स हस्तान्तरण समेत गरिने जानकारी युवा समाजसेवी रुजन थापाले गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here