ललितपुर, १९ फाल्गुण – ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा उक्त स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको सहयोग माझ ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर
अयोजना गरिएको थियो ।

एक दिने स्वास्थ्य शिबिर कार्यक्रम स्वास्थ्य शिबिरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो ।

महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिबिरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताएका छन । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here