https://www.youtube.com/watch?v=rz7ETMepRCc                
  • सरोज ओझा

नेपाल आमाको कोखबाट विभिन्न समय कालखण्डमा अनेकौं होनहार सपुतहरुको जन्महुँदै आएको छ । तिनै मध्यका एक हुनुहुन्छ सत्यमोहन जोशी । विशेषगरी नेपालको संस्कृतिको प्रवद्र्धन, सम्वद्र्धन तथा संरक्षणको कार्यमा उहाँले उल्लेख्य योगदान पु¥याउनु भएको पाइन्छ । संस्कृतिविदका रुपमा समेत ख्याती कमाइसक्नुभएका उहाँ नेपाली लोक संस्कृतिका एक धुरन्धर ज्ञाता समेत हुनुहुन्छ । त्यसो त संस्कृतिका अलावा भाषा, साहित्य, कला, पुरातत्व र धर्मको उन्नयनमा समेत उहाँको अतुलनीय योगदान रही आएको छ । करिव ८ दशक भन्दा लामो समयदेखि अनवरत रुपमा नेपाली संस्कृति, धर्म, कला, साहित्य र पुरातत्वको क्षेत्रमा लागिपर्दै अध्ययन, खोज तथा अनुसन्धान र लेखनको कार्यमा आफूलाई सरिक गराउँदै आउनुभएका उहाँ अझै पनि यसै क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले देखाउँदै आउनु भएको तदरुकताको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वृत्तमा समेत चर्चा परिचर्चा हुने गरेको छ । सादा जीवन उच्च विचारका धनी उहाँ सरल एवं मिजासपूर्ण स्वभावका हुनुहुन्छ । कर्तव्य परायणताबाट शुशोभित उहाँ कर्ममा विश्वास राख्नु हुन्छ । यसअर्र्थमा सत्यमोहन जोशी सवैका सामु एक स्थापित नाउँ भइसकेको छ भने कैयौंका निम्ति अनुकरणको स्रोत पनि ।


यसरी विशिष्ठ पहिचान बनाउन सफल व्यक्ति नेपालमा मात्र होइन विश्वमै विरलै मात्रामा पाइने गरिन्छ । र तिनै मध्यका एक धुरन्धर व्यक्तित्व हुनुहुन्छ सत्यमोहन जोशी । जसको जन्म वि.स १९७७ साल वैशाख ३० गतेका दिनमा सांस्कृतिक नगरी ललितपुर स्थित बखुम्बहाल भन्ने ठाउँमा एक निम्न मध्यमवर्गीय नेवार कुलमा भएको थियो । पिता शंकरराज तथा माता राजकुमारी जोशीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका सत्यमोहन जोशीले औपचारिक रुपमा शिक्षारम्भ गर्ने कार्य पाँच वर्षको उमेरमा गर्नुभएको थियो । सानै उमेर देखि नै लगनशील र अध्ययनशील स्वभावका उहाँ कुशाग्र बुद्धिका धनी समेत हुनुहुन्थ्यो । यसर्थ पनि उहाँ राम्रो नतिजा सहित विद्यालय उत्तिर्ण हुँदै जनुभयो । उहाँले दरवार हाइस्कुलबाट राम्रो अंक प्राप्त गरी प्रवेशीका परिक्षा उत्तिर्ण गर्नुभएको थियो । तत्पश्चात उहाँले उच्चशिक्षाको लागि त्रिचन्द्र कलेजलाई रोज्नुभयो र त्यहाँबाट स्नातक तहको अध्ययन गर्नु भएको थियो।


वि.स. २००१ सालमा औद्योगिक व्यापारीक समाचार संग्रह अड्डामा अफिसरका रुपमा जागिरे जीवन सुरु गर्नुभएका उहाँले तत्पश्चात् २००७ सालमा तत्कालिक संख्या विभागमा सुपरिवेक्षकका रुपमा काम गर्न थाल्नु भएको थियो । २०१३ सालसम्म संख्या विभागमा कार्यरत उहाँ २०१४ देखि १५ सालसम्म राष्टिय योजना परिषदको कार्यक्रम अधिकृतका रुपमा कार्यरत रहनु भयो । यसबीचमा उहाँले कला र संस्कृतिको क्षेत्रमा देखाउनुभएको सदासयता र तदारुकताको कदर गर्दै उहाँलाई तत्कालीन सरकारले वि.सं २०१६ सालमा पुरातत्व र संस्कृति विभागको निर्देशकको जिम्मेवारी सुम्पेको थियो । २०१७ सालसम्म उक्त विभागमा रहेर कार्य गर्नुभएका उहाँले विं.सं २०२२ देखि २५ सम्म चीनको राजधानी बेइजिङ स्थित क्वाम्पोसुयम महाविद्यालयमा नेपाली भाषा, साहित्य र संस्कृति विषयमा प्रशिक्षकका रुपमा कार्यरत रहनुभएको थियो । चीनबाट स्वदेश फर्कनुभई उहाँ वि.सं २०२६ देखि २०३० सालसम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सह सदस्य हुनुभयो भने तत्पश्चात २०३१ देखि २०३५ सालसम्म सदस्य सचिवको हैसियतमा रहनु भयो । उहाँले वि.सं २०३८ सालमा पाटन संयुक्त क्याम्पस नेपाल भाषा केन्द्रीय विभागमा प्रशिक्षकको रुपमा काम गर्न थाल्नु भयो । र २०४३ सालसम्म अनवरत रुपमा प्रशिक्षण कार्यमा क्रियाशील रहनुभयो । करिब ८ दशक जसो निरन्तर रुपमा विभिन्न तह र तप्कामा रहेर काम गर्ने सिलसिलमा उहाँले समग्र देश र देशवासीका निम्ति ठूलो गुण लगाउनु भएको पाइन्छ । विभिन्न सरकारी निकायहरुमा रहेर काम गर्ने शिलसिला होस् वा चीनको वेजिङ स्थित क्वाम्पोसुयम महाविद्यालयमा रहेर प्रशिक्षकको जिम्मेवारी निर्वाह वहन गर्ने कार्य आखिर यस बखतमा उहाँले नेपालको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको पाइन्छ । उहाँ सरकारी सेवामा रहँदा होस् कि देश–विदेश भ्रमणका क्रम आखिर उहाँले आफुलाई कहिल्यै सिमित राख्नुभएन । जागिरे मानसिकताबाट कोशौं टाढा बसेर उहाँले आफ्नो जीवनलाई खोज, अनुसन्धान, अध्ययन र लेखन जस्ता कार्यमा लिप्त बनाउनु भयो । उहाँले आफ्नो जिम्मेवारीलाई वहन गर्ने क्रममा दायित्ववोधको भावनालाई उच्च प्रथमिकतामा राखेर जानु भयो । उहाँको यही नै विशेषताका कारण अन्ततः उहाँले सम्पादन गरेका हरेक कार्यले मूर्तरुप धारण गरेको पाइन्छ ।


सत्यमोहन जोशीले भारत र श्रीलंकामा रहेर जनसंख्या तथा तथ्यांक सम्बन्धी तालिम र न्युजिल्याण्डमा रहेर आर्थिक विकासको निमित्त तथ्यांक परिचालन तालिम समेत हसिल गर्नुभएको थियो । तालिमहरुले उहाँमा थप निखारता ल्याउने काम गरेको थियो । सत्यमोहन जोशी नेपालका एक असल नागरिक हुनुहुन्छ । यसअर्थ पनि उहाँ आफ्नो कर्तव्य पथबाट कहिल्यै विमूख हुनुभएन र गहनतापूर्वक सम्हाल्दै जानुभयो, राज्यले सुम्पेका हरेक जिम्मेवारीलाई । चाहे नेपालको राष्ट्रिय जनगणनाको सुपरिटेन्डेण्टको भूमिका निर्वाह गर्ने सवाल होस वा २०२७ सालमा कर्णाली अञ्चलको दुर्गम क्षेत्र नेपाली भाषाको उत्पत्ति थलो सिंजाखोला उपत्यकामा लोक संस्कृति सर्वोक्षण गर्ने क्रममा प्रोजेक्ट लिडरको जिम्मेवारी पूरा गर्ने कार्य आखिर उहाँको नेतृत्वमा जस्तोसुकै कठिन कार्यहरु पनि सहजतापूर्वक सम्पन्न भएको पाइन्छ । संयोजनकारी भूमिकामा रहेर सत्यमोहन जोशीले गर्नु भएका कार्यहरु प्रशस्तै भेट् न सकिन्छ । जसमा नेपालको ग्रन्थसूची र १४ भाषाको पर्यायवाची शब्दकोश प्रकाशनलाई प्रमुखताका साथ हेर्न सकिन्छ । यसका अलावा पनि उहाँले पुरातत्व विभागमा रहेर परियोजना सम्पादन गर्ने सिलसिलामा देखाउनु भएको तदारुकता उपजस्वरुप राष्ट्रिय नाचघर, ललितपुर स्थित पुरातत्व वगैंचा, राष्ट्रिय मुद्रा संग्रहालय र राष्ट्रिय चित्र संग्रहालय जस्ता राष्ट्रिय महत्व बोकेका निकायहरु स्थापना भई अस्तित्वमा आउन सफल भएको पाइन्छ । त्यसैगरी तत्कालीन समयमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिवको हैसियतले कार्यरत रहँदा उहाँले २०३३ सालमा शुरुवात गर्नुभएको नाटक महोत्सव , गाइजात्रा महोत्सव तथा १४ अंचल सहित्य भेला पनि विशेष महत्वको सन्दर्भ रहेको छन् ।
सत्यमोहन जोशी अथक मेहनतका पर्यायवाची हुनुका साथै सत्य र निष्ठाका प्रतिमूर्ति समेत हुनुहन्छ । जस्तोसुकै विषम परिस्थिति माझमा पनि अविचलित र अडिग भई कार्य गर्नसक्ने धैर्यता अनि अधम्य साहस उहाँमा निहित रहेको पाइन्छ । साथै देश र समाज प्रति केही गर्नुपर्छ भन्ने अटल र दृढ इच्छाशक्ति उहाँमा घनिभूत रहेको पाइन्छ । ललितपुर स्थित नेपाल लोक साहित्य परिषद, किर्तिपुर स्थित नेपाल भाषा एकेडेमी र बखुम्बहालस्थित श्रीशान्ति विद्याश्रम मा.विको स्थापना गर्नमा उहाँले खेल्नुभएको भूमिकाले पनि यस कुराको पुष्टि गर्दछ । यी बाहेक पनि नेपाल भाषा समिति, नेपाली साहित्य संस्थान च्वसापासा, देदबु जस्ता संस्थाको पदाधिकारीको हेैसिएतमा उहाँले पु¥याउनु भएको योगदान आफैमा स्मरणयोग्य र उदाहरणीय रहेका छन् ।


त्यसो त २०६२÷०६३ को जनआन्दोलन पश्चात् नेपालमा आएको परिवर्तन र समय सापेक्ष नयाँ राष्ट्रिय गान तर्जुमा गर्न गठित कमिटीको संयोजक जस्तो गरिमामय भूमिकामा रहँदै उहाँले निश्पक्षतापूर्वक कार्य सम्पादन गर्नुभएको थियो ।


सत्यमोहन जोशीको अर्को सवल पक्ष भनेको अब्बल एवं सिर्जनशील लेखन हो । हालसम्म आइपुग्दा उहाँको साना ठुला गरी ७० भन्दा बढी कृति प्रकाशित भैइसकेका छन् । विभिन्न क्षेत्रमा सक्रिय रहँदै आउनुभएका उहाँले भाषा, साहित्य, कला, संस्कृति, पुरातत्व, धर्म जस्ता विविध विधामा कलम चलाउनु भएको पाइन्छ । व्यक्ति एक अभिव्यक्ति अनेक भने झैं उहाँसँग विभिन्न विधाहरु प्रतिको गहिरो ज्ञानको भण्डार रहेको पाइन्छ । उहाँबाट लिखित हरेक जसो कृति उत्तिकै सान्दर्भिक, तथ्यपरक र भावपूर्ण रहेका छन् । अझ भन्ने हो भने आफ्नो मातृभाषा नेपालभाषा भइकन पनि राष्ट्रिय भाषा र साहित्यको क्षेत्रमा पनि अब्बल कृतिहरु पस्कन सक्नु उहाँभित्रको अद्भूत क्षमताको उपज नै हो । जुन कार्य जोकोहीबाट असम्भव प्राय देखिन्छ । यद्यपि यसलाई साकार पर्ने कार्य सत्यमोहन जोशीले गर्नु भएको छ । सत्यमोहन जोशीद्वारा राष्ट्रिय भाषामा लिखित कृतिहरुमा नाटक संग्रहहरु सिपाही र रैती, फर्केर हेर्दा, जब घाम लाग्छ, बाघ भैरव, कविता संग्रह क्रान्तिको लहर, पद्यात्मक कथा लामा र पाचुकी लगायत नेपाली सजिलो वर्णमाला, नेपाली लोकगित एक अध्ययन, हाम्रो लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोकसंस्कृति, सांस्कृतिक नीति एक अध्ययन, पुरातत्व एक रोचक कथा, नेपाली धातुमुर्तिको विकास क्रम, नेपाली प्रस्तर मुर्तिको विकास क्रम, नेवारहरुको महान चाड म्हपुजा, नेपाली चाडपर्व केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु, नेपाल र चीनको सांस्कृतिक सम्बन्ध, नेपाल र इरान सम्बन्धलाई लिएर लिखित गुलाफ र गुराँस आदि पर्दछन् । त्यसैगरी उहाँले आफ्नो मातृभाषा अर्थात नेवारी भाषामा लेख्नुभएको कृतिहरुमा जयप्रकाश महाकाव्य, अरनिको कृत श्वेतचैत्य(महाकाव्य), वैद्यबा नाटक, न्हयद् लिपा (नाटक) सिदार्थ गौतम नाटक, चारुमती नाटक खल्हा प्याखेया मुनाखे –नाटकसम्बन्धी शोध कृति) चंखुंचां हाःगुम्य (वालकविता) स्वा व सिन्ह (निवन्ध संग्रह) सत्यवर्णमाला (नेवारी भाषाको वर्णमाला), साहित्या मुलुखा (रिडर), सत्यकोश (अंग्रेजी नेपाल भाषा कोश), शुद्धं च्वयेंखु सुत्र (व्याकरण) किलं नमेमफुगुपौ (पत्र संग्रह) आदि प्रकाशित छन् ।
यसका अलावा पनि उहाँले राष्ट्र एवं मातृ भाषामा विभिन्न पुस्तकहरु अनुवाद र सम्पादन समेत गर्नुभएको छ । तिब्बती बौद्ध ग्रन्थ कुनसां ङोदुको सम्पादन गर्ने कार्य गर्नु भएका उहाँले सांस्कृतिक सम्पदा संरक्षण, श्री ५ महेन्द्र अभिनन्दन ग्रन्थ, महेन्द्र स्मृति ग्रन्थ लगायत पत्रिकाहरु पश्चिम राजमार्ग विकास, निर्माण साथै नेपाल प्रज्ञा प्रतिष्ठानको पञ्च वार्षिय योजना र अर्को मुखपत्र सचिन कलाको प्रकासनको पनि सम्पादन गर्नुभएको छ । सत्यमोहन जोशीले सन् १९६१ देखि ६३ सम्म नेपाल अमेरिका सांस्कृतिक केन्द्रद्वारा अंग्रेजी संस्करणमा प्रकाशित पत्रिका एनएसीसी (नेपाल अमेरिका कल्चर सेन्टर ) मा लेख तथा लेजेन्स् अफ् ललितपुर एण्ड रिलेटेड टेल्स विषयमा पुस्तक प्रकाशन गर्नुभएको थियो ।


सत्यमोहन जोशीले विशेष गरेर नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने काम गर्नुभएको थियो भने उहाँले इरान र नेपाल बीचमा पनि सांस्कृतिक सेतुको रुपमा कार्य गर्नुभएको पाइन्छ । त्यसो त विभिन्न सरकारी निकायमा कार्यरत रहँदाका वखतमा होस वा स्वतन्त्र तवरले काम गर्ने सिलसिलाका दौरानमा उहाँले थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन तथा गोष्ठिहरुमा सहभागीता जनाइसक्नु भएको छ । जसमा अखिल नेपाल साहित्य सम्मेलन २०३२, अथर्स गिल्ड आफ इन्डिया, २०३२ देखि २०३५, विश्व नेवार सम्मेलन, सन् २०११ लण्डन, नेवा अर्गनाईजेशन अफ् अमेरिका सन् २०१२ अमेरिका, कल्चरल डाइभर्सिटी मिनिस्ट्रियल फोरम अफ द एशिया प्यासिफिक रिजन २०१२ बंगलादेश, युनेस्कोद्वारा आयोजित कार्यशाला २०१२ काठमाडौं आदि रहेका छन् । उहाँले यी कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा कार्यपत्र प्रस्तुत गर्ने तथा औपचारिक एवं अनौपचारिक रुपमा नेपाली कला, साहित्य एवं भाषा, संस्कृतिको विषयमा सहभागी माझमा नेपालको पहिचान दिलाउने जमर्को गर्नुभएको पाइन्छ । वर्तमानमा सत्यमोहन जोशी नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य, नेपाल कला परिषद, नेपाल म्यूजिक सेन्टर गुठीको अध्यक्ष तथा नेपाल भाषा एकेडेमीका कूलपतिको हैसियतमा हुनुहुन्छ । उमेरले सय अर्थात् एक जुग नै छुनै आँट्दा समेत उहाँभित्रको स्फुर्ति अझै घटेको छैन । स्पष्ट बोलीचाली, दह्रिला पाइला, हातमा थामिइरहने कलम र पुस्तकहरु नियमित भेटघाट र कार्यक्रमहरुमा सहभागी जनाउनु आदिले उहाँ भित्रको व्यक्तित्वलाई थप रुपमा उजागर गर्नेकाम गर्दछ । उर्जाशील सत्यमोहन जोशी आफूले बुझ्ने हुँदादेखिको हालसम्म पनि कर्ममा समर्पित भएर लागि पर्दै आउनु भएको पाइन्छ । रातदिन र घामपानी नभनीकन उहाँले अहोरात्र देश र समाजको सेवामा आफुलाई सरिक गराउनु राष्ट्रप्रेमको अविछिन्न पाटो नै हो । विश्व समुदाय माझमा समेत नेपालको कला संस्कृति अनुपम रहेको कुरा दर्शाउनमा उहाँको ठूलोदेन रही आएको छ । जागिरे जीवन व्यतित गरिरहँदा होस कि स्वतन्त्रतापुर्वक खोज अनुसन्धानमा जुट्दाका बखत वा विभिन्न निकायहरुको कमान सम्हाल्दै गर्दाको क्षण, आखिर उहाँ कहिल्यै कर्तव्य पथबाट विचलित हुनु भएन । लोभ लालचबाट टाढैबसी स्वार्थभन्दा माथि उठेर उहाँले निश्पक्षतापूर्वक कार्य सम्पदन गर्नुभएको पाइन्छ । नेपालका हरेक लोकसंस्कृति र भाषाहरुको सम्मान गर्नुहुने उहाँ आफ्नो मातृभाषा नेपाल भाषा तथा नेवारी संस्कृति बराबर अन्य भाषा संस्कृतिहरुको पनि विकास र संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्दै उहाँले आफ्नो बलबुताले भ्याएसम्म नेपाल भित्रका हरेक क्षेत्र र समुदायले मान्दै आएका संस्कृति र भाषाको जगेर्ना गर्न तर्फ सदैव अग्रसर रहँदै आउनुभएको पाइन्छ । पुर्व मेची देखि पश्चिम महाकालीसम्म फैलिएर रहेको हाम्रोदेश नेपालमा प्रचलनमा रहेका लोकभाका लोकलय, लोकोत्ति लगायतका अन्य लोकसंस्कृति भाषा आदिको संकलन र संरक्षणमा उहाँले देखाउनु भएको जागरण अनि खेल्नु भएको भूमिका अतुलनीय रहीआएको छ । यस अर्थमा पनि सत्यमोहन जोशीलाई नेपाली भाषा संस्कृतिका भिष्मपितामहको उपमा दिन सकिन्छ ।

उहाँ नेपाली भाषा संस्कृतिका ज्ञाता हुनुका साथै अनन्य सेवक पनि हुनुहुन्छ । जो विभिन्न दुख कष्ट सहेर भएपनि देश र समाजप्रति सदैव समर्पित भएर लाग्दै आउनुभएको छ । उहाँले नेपालको भाषा संस्कृतिको प्रचार प्रसारका निम्तिसमेत सेतुका रुपमा कार्यगर्दै आउनुभएसँगै उहाँ भित्रको बहुआयामिक छवि विश्वसामु घाम झैं छर्लंग छ । उहाँले हालसम्म पाउँदै आउनुभएका पुरस्कार, सम्मान एवं विभूषणहरुको फेहरिस्त पनि लामै छ । हालसम्म आइपुग्दा उहाँले धनराशि सहितको श्रेष्ठ सिरपा पुरस्कार, लाकौल पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भुपालमान सिंह कार्की पुरस्कार, लुनकरणदास–गंगादेवी पुरस्कार र तीनपटकसम्म तीन भिन्दाभिन्दै कृतिमा मदन पुरस्कार पाईसक्नु भएको छ । त्यस्तै उहाँले मिथिला श्री र राष्ट्रिय कलाश्री जस्तो उच्च तहको सम्मानसमेत प्राप्त गर्नुभएको छ । यसैगरीकन राज्यस्तरबाट उहाँ विख्यात त्रिशक्ति पट्ट, सप्रवल गोरखा दक्षिणवाहु, प्रशिद्ध प्रवल गोरखा दक्षिणवाहु, उज्ज्वल कीर्तिमय राष्ट्रदिप जस्ता गरिमामय विभूषणबाट विभूषित हुनु भएको छ । यसका अलावा पनि २०६८ सालमा प्राज्ञिक निकाय काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि (म्।ष्तित० हासिल गर्दै पहिलो पटक महाविद्यावारिधि प्राप्त गर्ने एक मात्र नेपाली बन्नुहुँदै आफ्नो नाम स्वर्ण अक्षरले लेखाउनु सफल हुनुभएको छ । त्यस्तै उहाँलाई त्रिमूर्ति निकेतन जस्तो गरिमामय प्रतिष्ठानले समेत २०७० सालमा शताब्दि पुरुषको उपाधि सहित विशेष सम्मान प्रकट गरिसकेको छ । यसै माझ उहाँ नेपाल सरकारबाट समेत वाङमय शताब्दि पुरुषको उपाधिले विभुषित रहनुभएको छ ।


यी यावत सन्दर्भहरुले उहाँ भित्र अन्तरनिहित प्रतिभा अनि ओजस्वी व्यक्तित्व छविलाई थप रुपमा प्रस्ट्याउने काम गर्दछ ।सवैलाई नतमस्तक पार्ने गरी उहाँले लोभलाग्दो जीवन चर्या व्यतित गर्दै आउनुभएको छ । किनकी सत्यमोहन जोशी सत्य र निष्ठाका पुजारी हुनुहुन्छ । जो कर्म प्रति विश्वास राख्ने र लगावपूर्वक काम गर्न रुचि राख्नुहुन्छ । उहाँको यहि गुणले गर्दा आजपर्यन्त आइपुग्दा सत्यमोहन जोशी नेपाली भाषा संस्कृतिका जीवित शब्दकोष बन्न सफल हनुभएको छ । चाहे त्यो मोहनबहादुर कायस्थबाट सिर्जित सत्यमोहन जोशी व्यक्ति एक अभिव्यक्ति अनेक नामक कृति होस वा नरेन्द्रराज प्रसाईंद्वारा लिखित शताब्दि पुरुष सत्यमोहन जोशी नामक कृति, यी दुवै कृतिका पानाहरुमा पोखिएका शब्दहरु सत्यमोहन जोशीको जीवन गाथा मात्र नभई उहाँको ओझपूर्ण व्यक्तित्व र सार्थक जीवन भोगाईको अविछिन्न पाटो नै हो भन्दा अत्युत्ति नहोला ।
https://www.youtube.com/watch?v=rz7ETMepRCc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here