काठमाडौं, १८ श्रावण – चर्चित गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन् । दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला उनले नयाँ स्वादको मार्मिक गीत ‘हे मेरी आमा ‘ सार्वजनिक गरेका हुन् । दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भईरहेका बेला तीज गीतको बाढी छिचोल्दै नेपाली चेलीहरुको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत ‘हे मेरी आमा’ रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो ।

महिलाका वेदना र माईतीको सम्झनालाई समेटेको गीतमा देवी घर्तीको स्वर रहेको छ । शब्द रचना रमेश बिजीको रहेको छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । परिकल्पना/निर्देशन नारायण रायमाझीको नै रहेको छ । अन्य कलाकारहरुमा अनुष्का अधिकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गजमेर, बिपना के.सी., सन्देश रायमाझी रहेका छन् । नेपाली लोक गीत संगीतका सर्जक नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here