काठमाडौं, १९ श्रावण – मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समिर लामाले जितेका छन् । लामाले टप फाईभका कुल पाँच प्रतिस्पर्धी मध्येबाट प्रस्तुतीका आधारमा उत्कृष्ट बन्दै मिस्टर प्लस साइज नेपालको पहिलो संस्करणको ताज पहिरिएका हुन । लामाले मुख्य उपाधी सहित मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि हात पारे । त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाईटल सहित फर्स्ट रनरअप बनेका छन् । फर्स्ट रनरअप बन्दै उनले तिस हजार नगद पनि हात पारे । प्रतियोगीहरु मध्येबाट अजय प्रधानले मस्ट टयालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिस्पिलिनको टाइटल सहित नगद बिस हजार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथी उज्ज्वल जंग शाह, निर्णायकहरु शितल केसी, सुश्मा कार्की, सुजाता काफ्ले, लोकराज अधिकारी, इश्वर बल्लभ उप्रेती र आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुतले पुरस्कार एबम ट्रफी वितरण गरेका थिए ।

कार्यक्रम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष श्रेष्ठले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धात्मक क्षमताको बिकास, ब्यक्तित्व बिकास र सिर्जनात्मक क्षमताको बिकासमा सहयोग पुग्ने धारणा राखेकी थिईन ।


कार्यक्रममा इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय राजा विरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, सिलाष्मा हमाल, नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here