काठमाडौं- हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीत ‘तीज आयो’को भिडियो सार्वजनिक भएको छ ।

महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौला कै रहेको छ भने संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् ।

सार्वजनिक भिडियोमा नायिका नीता ढुंगानाको जोडदार नृत्य देख्न सकिन्छ । फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ ।

उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here