ललितपुर, ०७ भाद्र -गोदावरी नगरपालिका १३ स्थित झरुवाराशीमा अवस्थित बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । शनिवार आयोजित उक्त प्रदर्शनी माझ एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले शिक्षण सिकाई अन्तर्गत अभ्यासका क्रममा सिकेका कुराहरुलाई डेमोका रुपमा प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा स्वचालित रोबोट, वनस्पति लगायत विज्ञानसँग सम्बन्धित सामाग्री राखिएको थियो । उक्त प्रदर्शनीमा विद्यार्थी, अभिभावक एबम अध्यापकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रयोगात्मक शिक्षण सिकाईको अवधारणा अनुरुप विद्यार्थीहरुको प्रत्यक्ष संलग्नतामा विज्ञान प्रदर्शनी आयोजना गरिएको बज्र एकेडेमीका निर्देशक भुपेन्द्र बिक्रम थापा बताए । ‘हामीले बिद्यार्थीहरुलाई थेउरीसँगसंगै प्राक्टिकल ज्ञान र सिप पनि बरोबर रुपमा दिने गर्दै आएका छौं र बिद्यार्थीहरुले कोर्ष अफ स्टडीमा पढेका तिनै कुरालाई अभ्यास गर्दै सिक्न प्रेरित गर्न मासमा गरिने यस्ता प्रदर्शनीले अझ हौसला मिल्ने हुँदा यो विज्ञान प्रदर्शनी आयोजना गरेका हौ ‘ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here