काठमाडौं, १४ भाद्र – सुश्मा महरा सफल सौन्दर्यविद् एबम् सौन्दर्य ब्यवसायी हुन । सिर्जशिलतामा रमाउने स्वभावकी सुश्मा आफुले आर्जन गरेको ज्ञान, शिप र अनुभव अरुका लागि पनि उपयोगी बन्न सकोस भन्ने सोच राख्ने गर्दछिन । विगत दुई दशक देखी सौन्दर्यको क्षेत्रमा सकृय रहदै आउने क्रममा उनी सौन्दर्य सम्बन्धी प्रशिक्षणमा अभ्यस्त रहने र यदाकदा स्तम्भ समेत लेख्ने गर्दै आएकी छिन् । त्यसो त काठमाण्डौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष र काठमाडौं मल ब्यापार संघको अध्यक्षको जिम्मेवारीलाई वहन गर्दै उनले ब्यवसायीहरुको हकहितका निम्ती समेत काम गरेकी छिन् ।

पछील्लो समयमा उनै सुश्मा गीतकार एबम कलाकारको भूमिकामा देखा परेकी छिन् । केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको तीज आयोु बोलको गीतको म्यूजिक भिडियोले हाल युटुबमा १ लाख भ्युवरशिप पाईसकेको छ । अपलोड भएको छोटो समयमा राम्रो भ्युअरशिप भएको तीज आयोले आम दर्शक एबम श्रोताको मन खिच्दै आएको छ । सुष्माको शब्द,निरज श्रेष्ठको एरेन्ज, मिना निरौलाको संगीत र स्वरमा तयार भएको गीतमा अभिनेत्री निता ढुङ्गानासंगै सुष्मा स्वयम्ले पनि नृत्य गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here