मदन तिमल्सेना
तनहुँ , असोज ४ गते -दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृदयघात भएर एक युवकको मृत्यु भएको छ । मुत्यु हुनेमा व्यास २ का अन्दाजि २८ वर्षीय गौरव श्रेष्ठ रहेका छन् ।

सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठले नियमित रुपमा बास्केटबल खेल्ने गरेको बताइएको छ । उनी बास्केटबलका राम्रा खेलाडी रहेको सहपाठी चन्दन मल्लले बताए ।

बास्केटबल खेल्दा खेल्दै हृदयघात भएका उनलाई उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। श्रेष्ठको अस्पतालमा पुर्याउन भन्दा पहिले नै मुत्यु भईसकेको डाक्टरले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here