mini bhavishya

काठमाडौँ — आश्विन ५ ।

काठमाडौं ग्लोवल स्कुलले एक्काइसौं शताब्दीको विश्व परिवेश र त्यसले विकास गरेका नवीनतम उपलब्धिहरूलाई बुझी त्यसैअनुरूपको शिक्षालाई अङ्गीकार गरेको छ । विद्यार्थीहरूलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्न र उनीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिई अगाडि बढेको यस विद्यालयले अभिभावकका चाहनाहरूलाई पनि मध्यनजर गर्दै ‘विद्यालय अनेक ग्लोवल एक’ भन्ने मान्यतालाई स्थापित गर्दै छ ।

mini bhavishya

विद्यालयले आजको समाज, देश र विश्व प्रविधिलाई गहन तरिकाले अध्ययन गर्दै ःष्लष् – वैज्ञानिक पत्ता लगाउने उद्देश्यले मिनिःभविष्य जस्तो सिर्जनात्मक र विद्यार्थीमैत्री कार्यक्रम सञ्चालन गरेको छ भन्दै यस कार्यक्रमलाई ‘कारखाना’ जस्तो सोध, खोज र अनुसन्धानात्मक क्रियाकलाप गर्दै आएको संस्थासँगको सहकार्यमा सम्पन्न भएको कुराको जानकारी विद्यालयका शैक्षिक प्रमुख दुर्गाप्रसाद न्यौपानेले दिनु भयो ।
मिनिःभविष्य कार्यक्रम विद्यालयका कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरूलाई कुल साठी समूहमा विभाजन गरी सञ्चालन गरीएको थियो । यस्तो विशेष, फरक र सबैका लागि प्रेरणा प्रदान गर्ने कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिका रूपमा पाल्नु भएका टोखा नगरपालिकाका प्रमुख श्री प्रकाश अधिकारी, टोखा वडा नं। १० का वडाध्यक्ष श्री मधुसुदन पाण्डे र विद्यालयका प्रद्यानाध्यापक श्री मनोज आचार्यलगायत् अन्य विशिष्ट व्यक्तित्वहरूबाट गरिएको थियो ।

mini bhavishya

साठी समूहमा विभाजित विद्यार्थीहरूले साठीओटा स्टलमा निर्धारित ९० मिनेटमा दिइएका तीनओटा त्जझभ मा विभिन्न अनुसन्धानात्मक र खोजमूलक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए । जुन प्रस्तुती सबैका लागि अनुपम र अनुकरणीय सावित भएका थिए ।

विजेता समूहलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि तथा टोखा नगरपालिकाका प्रमुख श्री प्रकाश अधिकारीले राष्ट्रिय स्तरबाटै मान्यता दिनुपर्ने क्त्भ्ब्ः एचयनचबm विद्यालयले आयोजना गरेकामा विद्यालयको यस्तो कार्यक्रम सबैका लागि नवीनतम भएको बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले वैज्ञानिक एवम् सर्वसुलभ शुल्कमार्फत् सबैलाई शिक्षा दिन सक्ने वातावरण मिलाउन आग्रहसमेत गर्नुभयो । त्यसै गरी विशिष्ट अतिथि टोखा वडा नं। १० का वडाध्यक्ष श्री मधुसुदन पाण्डेले संस्कारयुक्त नागरिक उत्पादन गर्ने शिक्षामा जोड दिन आग्रह गर्दै काठमाडौं ग्लोवल स्कुलले शिक्षा क्षेत्रमा विशेष नाम कमाउँदै दक्ष, सक्षम एवंम् नैतिकवान् विद्यार्थी निर्माण गर्न सकोस् भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पाल्नुभएका टोखा शिक्षा शाखाका प्रमुख श्री बाबुराम गौतम, टोखा प्याव्सन अध्यक्ष श्री टंक चापागाई, विद्यालयका म्यानेजिङ डाइरेक्टर मुन्ना राई, रष्ट्रिय स्तरकी गायिका तथा कलाकार विन्दू परियार र मोडेल समिम खानले मिनिःभविष्य मार्फत विद्यालयले ःष्लष् – वैज्ञानिक छनौट गर्न खेलेको भूमिकाप्रति मुक्तकण्ठले प्रशंसा गर्दै यस्तो कार्यक्रम अरू विद्यालयले पनि आयोजना गर्नुपर्ने बताउनुभयो ।

मिनिःभविष्य जस्तो विशेष कार्यक्रममा पाल्नुभएका सम्पूर्ण अतिथिगणहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै विद्यालयका संस्थापक प्रद्यानाध्यापक श्री मनोज आचार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ताखाले कार्यक्रमहरू गर्दै जाने कुरा बताउनु भयो । एउटा प्रिमियम विद्यालयको विकासमा आफू लागेको र यो सपना छिट्टै पूरा हने कुराको घोषणासमेत उहाँले त्यस अवसरमा दिनुभयो । यस्तो विशिष्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबैले दिनुभएको साथ सहयोगप्रति पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here