miss kathamandu global

काठमाडौँ — आश्विन ५ ।

काठमाडौँ ग्लोवल स्कुलले स्थापनाको पहिलो वर्षबाटै आफ्ना शैक्षणिक तथा अतिरिक्त क्रियाकलापहरू मार्फत आफूलाई फरक रुपमा प्रस्तुत गर्दै छ । हाम्रा संस्कार, संस्कृति, मूल्य, मान्यता र परम्पराभित्रका महत्त्वपूर्ण तथा अनुपम पक्षहरूको जगेर्ना गर्दै तिनीहरूलाई बालसिकाईसँग जोड्ने जमर्र्काेे विद्यालयले गरिरहेको छ । संस्कार र संस्कृतिभित्र हाम्रा आफ्नै विशिष्ट मौलिक विशेषता रहेका छन् । त्यस्ता विशिष्ट पक्षहरूको पहिचान गरी तिनको संरक्षण गर्ने हेतुले काठमाडौँ ग्लोवल स्कुलले तीज विशेष कार्यक्रम आयोजना गरेको थियो । यस अवसरमा धेरैे महिला अभिभावकहरूको सहभागिता रहनुका साथै फोटोसुटमार्पmत् ‘मिस र मिसेज केजीएस’ घोषणा गर्ने महत्त्वपूर्ण कार्यक्रमसमेत राखिएको थियो । साथै आफूलाई मनपर्ने फोटो लाइक वा शेयर गरी ‘मिस वा मिसेज केजीएस’ छनौट गर्न सहयोग गर्न सबैलाई अनुरोध गरिएको थियो । निश्चित समय दिएर आफूलाई मनपर्ने फोटोमा लाइक वा शेयर गर्दा सबैभन्दा बढी लाइक, शेयर र कमेन्ट बढी ल्याउने महिला अभिभावकलाई विजेता घोषणा गरी सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

miss kathamandu global

मिस/मिसेज केजीएस तीज–२०७६ मा सबैभन्दा बढी शेयर र लाइक प्राप्त गरी अनिता रिजाल प्रथम,स्मृति श्रेष्ठ दोस्रो र मीरा पराजुलीले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । त्यसै गरी ःयकत एयउगबिच को उपाधि भने सबैभन्दा धेरै कमेन्ट प्राप्त गरी सोभा गुरूङले प्राप्त गर्नुभएको थियो । मिस÷ मिसेज केजीएस तीज–२०७६ का विजेतालाई पुरस्कार वितरण गर्न विशिष्ट अतिथिका रूपमा राष्ट्रिय कलाकार तथा गायिका विन्दू परियार र मोडेल समिम खानलाई आमन्त्रण गरिएको थियो ।

miss kathamandu global

विजेतालाई प्रमाणपत्र र पुरस्कार वितरण विशिष्ट अतिथिद्वारा परियार र खान तथा विद्यालयका संस्थापक प्रधानाध्यापक श्री मनोज आचार्य गर्नुभएको थियो । फरकप्रकारको कार्यक्रम राखी महिला अभिभावकहरूलाई सहभागी बनाएकामा विशिष्ट अतिथि परियार र खानले प्रसन्नता व्यक्त गर्नुभएको थियो । विद्यालयका शैक्षिक प्रमुख दुर्गाप्रसाद न्यौपानेले यस प्रकारका कार्यक्रमले अभिभावक र विद्यालयविचको सम्बन्ध प्रगाढ भई विद्यार्थीमा सकारात्मक सोचको विकास हुने कुरामा जोड दिनु भएको थियो भने संस्थापक प्रिन्सिपल मनोज आचार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रमहरू कोशेढुङ्गासाबित हुनेहुँदा विद्यालयले अझ बढी संवेदनशील भएर अगाडि बढ्ने कुरा व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here