sitaram lamichhane

काठमाडौँ — आश्विन ५ ।

काठमाडौं ग्लोवल स्कुल मानवीय मूल्य र मान्यतामा देखापर्ने विचलनहरूलाई अन्त्य गर्दै सबै मानवमा सेवा भावको विकास होस् भन्ने मत राख्दछ । यसै सन्दर्भमा विगत लामो समयदेखि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिनुहुने व्यक्तित्व मध्येबाट एक जनालाई प्रदान गरिने ग्लोवल सेवा सम्मान –२०७६ घोषणा गरिएको छ । यो पुरस्कार ग्लोवल स्कुलको विद्यार्थी परिषद्ले घोषणा गर्ने पुरस्कार हो । ःष्लष्– भविष्य ः कार्यक्रमकै अवसर पारेर विद्यालयले प्रयास नगर निवासी श्री सीताराम लामिछानेलाई उक्त पुरस्कारबाट सम्मानित गरेको छ । यस्तो पुरस्कार प्रत्येक महिना समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वमध्येबाट एकजनालाई प्रदान गरिने कुरा समेत विद्यालयले घोषणा गरेको छ ।

उक्त पुरस्कारबाट सम्मानित व्यक्तित्त्व लामिछानेले विद्यालयले प्रदान गरेको पुरस्कारले आफुमा समाज सेवा गर्न थप उर्जा पैदा भएको बताउँदै सबैलाई पवित्र सेवामा लाग्न आग्रहसमेत गर्न’भयो । ग्लोवल सेवा सम्मान पुरस्कारबाट सम्मानित हुनपाएकोमा उहाँले विद्यालयप्रति आभार व्यक्त गर्दै विद्यालयको उत्त्रोत्तर प्रगतिको कामनासमेत गर्नुभयो । ग्लोवल सेवा सम्मान –२०७५ पुरस्कार कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख श्री प्रकाश अधिकारी, विद्यालयका संस्थापक प्रधानाध्यापक श्री मनोज आचार्य टोखा वडा नं- १० का वडाध्यक्ष श्री मधुसुदन पाण्डेले संयुक्तरूपमा समाजसेवी लामिछानेलाई प्रदान गर्नुभएको थियो ।

sitaram lamichhane

ग्लोवल सेवा सम्मान –२०७६ समारोहको अन्त्यमा बोल्दै विद्यालयका संस्थापक प्रधानाध्यापक श्री मनोज आचार्यले हामी सबैमा समाज र राष्ट्रका निम्ति केही गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ भन्दै त्यस्तो भावना विद्यार्थीहरूका मानसपटलमा उत्पन्न गरिदिन अभिभावक र विद्यालयले अहम् भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here