दोहा, २६ सेप्टेम्बर – कतारको आइओएस प्राप्त प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसले कंपनीमा कार्यरत कर्मचारीलाई इनाम प्रदान गरेको छ । र्कपनीले ३१ जना नेपाली, भारतीय तथा बंगलादेशी कामदारहरुलाई सुनको सिक्का इनाम स्वरुप प्रदान गरेको छ । कम्पनीका मालिक आसर अल अलीले कम्पनीमा इमान्दारीपुर्वक उत्कृष्ट काम गरेवापत् ५ ग्रामको सुनको सिक्का इनाम स्वरुप प्रदान गरेका छन् ।

पुरस्कार स्वरुप सुनको सिक्का ईनाम स्वरुप पाएर कामदारहरु निकै दङग छन् । कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्करमा पदोन्नती भएका कामदारले यस कम्पनीमा काम गरेर कमाएको पैसाले आफनो घरको आर्थिक जोहो राम्रो भएको बताए । नासर अल अली इन्टरप्राइसेस कम्पनी आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले कामदारहरु सबैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सबै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको कुरा बताए ।
त्यस्तै अर्का इमान्दार कामदार पनि कम्पनीका मालिक असाध्यै सहयोगी मनको भएकोले आफुले प्रवासमा पनि मालिक नभएर अविभावक पाएको बताए ।


आफनो कम्पनीमा कार्यरत् कामदारहरुको दुखसुखलाई नजिकबाट बुझने गरेको र उनीहरुको घर परिवारले सुख पाओस् भन्ने चाहना भएको हुनाले उनीहरुलाई आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेको कम्पनी मालिक आसर अल अलीले बताए । आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिकले आफुले मालिकको भन्दापनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनैै समस्या भए अविभावकको रुपमा कामदारहरुको समस्या समाधान गर्न सघाउने गरेको बताए । आफुले आफना कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत् व्यवहार गर्ने गरेको बताउदै सवै कामदारहरु सदैव खुशी रहुन् भन्ने चाहेको र उत्कृष्ट काम गर्ने कामदारहरुलाई उचित इनाम दिएर प्रोत्साहन गरिरहने बताउदै आफनो कम्पनीमा कार्यरत् कामदारहरु आफनो देशमा फर्केर जाँदा पनि आफनो कम्पनीको याद सधै्र गरिरहोस् र उनीहरु सुखी रहुन् भन्ने आफनो इच्छा रहेको पनि उनले बताए । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोबल बढाउदै आइराखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here