काठमाडौं, १२ आश्विन – विश्व सम्पदा सुचीमा समावेश बौद्धनाथ स्तुपामा क्षमापुजा तथा शान्ति दिप प्रज्वलन गरिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा आयोजित सो कार्यक्रममा विश्व शान्ति तथा प्राणी जगतको कल्याणको कामना गर्दै लामाहरुले अष्ट सिद्धी शुभ मङगलम पुजा गरेका थिए । सो अवसरमा अवतारी लामा रिम्पोछे भुपति बज्र लामा लगायतले शान्ति दिप समेत प्रज्वलन गरे ।

यद्यपी विश्व शान्ति र मानव कल्याणको निम्ती भनेर गरिएको कार्यक्रम नै अशान्त बनेको थियो । दलबल सहित आएको असंतुष्ट समुहले हुल हुज्जत गरि कार्यक्रम नै बिथोल्ने प्रयास गरेको थियो । उक्त समुहले कार्यक्रम स्थलमा ढुङ्गा मुडा गर्दै नाराबाजी समेत गरेका थिए ।

यस घटनालाई बौद्ध संकृतिलाई आफु अनुकुल प्रयोगमा ल्याउन दुई धारका बौद्धमार्गी विचार बिचको टकरावको रुपमा आफुहरुले लिएको जानकारहरुले अर्थ्याएका छन । शान्तिको प्रतिकका रुपमा पुजिने आस्थाको केन्द्र बौद्धनाथ क्षेत्रमा लामो समय देखी नै जुँगाको लडाईको रुपमा यस्ता विरोधहरु हुँदै आउनु निकै अशोभनिय रहेको बौद्ध धर्मावलम्बी एबम शुभचिन्तकहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here