ssss d gov

काठमाडौं, १७ कार्तिक – नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ माथि राष्ट्र बैंकले छानविन गर्ने भएको छ । छानविन पर्ने भएपछि उनी स्वत निलम्बनमा पर्ने भएका छन् । उनीमाथि वित्तीय स्थायित्वमा आँच पुर्याएको आरोप लाग्दै आएको छ । राष्ट्र बैंकले उनीमाथी लागेको आरोप छानविनका लागि समिति बनाएपछि श्रेष्ठ स्वत निलम्बनमा पर्ने कानूनी प्रावधान छ ।

मन्त्रिपरिषद बैठकले नै श्रेष्ठ माथि छानविन गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार तिहार अगाडी बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको थियो । सोहि अनुसार श्रेष्ठमाथि छानविन प्रक्रिया अगाडी बढ्न लागेको हो । तर, डेपुटी गभर्नर श्रेष्ठले आफ्नो राय राख्ने अवसर भने पाउनेछन् ।

श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्ष अघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लाग्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा संचालकहरु पदमुक्त हुने व्यवस्था बारे उल्लेख छ । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नका लागि समिति गठन गर्नेछ । समिति गठन हुनासाथ आरोप लागेको व्यक्ति स्वत पदबाट निलम्बन हुने कानूनी व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

श्रेष्ठ २०७२ सालमा डेपुटी गभर्नर भएका हुन । उनको जिम्मेवारीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी क्रियाकलाप, बैंक तथा वित्तीय संस्थामाथिको सुपरिवेक्षण, संस्थागत योजना, सुचना प्रविधि र वित्त व्यवस्थापन विभाग लगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here