काठमाण्डौं, १६ कार्तिक – गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जसलाई गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेक छन । गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारी सहितको सामूहिक अभिनय रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ । भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । पछिल्लो पुस्तालाई लक्षित गरि ल्याईएको गीतको भिडियो उत्कृष्ट बनेको निर्माण पक्षको दावी छ ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत स्रोता र दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता तथा दर्शकको रोजाइमा पर्दै आएका छन् ।

‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत ‘हेल्लो’ स्रोता तथा दर्शक माझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेशले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here